Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


प्रतिनिधि सभा निर्वाचन: झापा–५ मा करिव ६५ प्रतिशत मत खस्याे


1k
Shares

झापा । झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ६५ प्रतिशत मतदान भएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ करिव एक लाख वढी मत खसेको हो ।

मतदान सकिए पनि अझै केही मतदान केन्द्रमा मतदाताहरू लाइनमै रहेका छन्। लाइनमा रहेका मतदाताले मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

क्षेत्र नं। ५ का निर्वाचन अधिकृत विदुर काफ्लेले दिएको जानकारीअनुसार कुल मतदातामध्ये करिब ६५ प्रतिशतले मतदान गरेका छन्। यस क्षेत्रमा एक लाख ६३ हजार ३७९ मतदाता रहेका थिए।

देशकै चर्चित निर्वाचन क्षेत्रका रूपमा रहेको झापा–५ यसपटक पनि चुनावी ‘इपिसेन्टर’ बनेको छ। सर्वदलीय बैठकपछि मात्रै मतगणनाको समय तय गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।