ओखलढुंगा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ओखलढुंगा जिल्लामा बेलुका ४ बजेसम्म ५२ हजार ६ सय ३३ अर्थात् ४२.८९ प्रतिशत मत खसेको छ।
खसेको मत विवरणअनुसार महिला २५ हजार ९ सय ७७, पुरुष २६ हजार ६ सय ५५ र अन्य १ जनाले मतदान गरेका छन्।
जिल्लाभरका मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको र मतदाताको सहभागिता बढ्दै गएको निर्वाचन अधिकारीहरूले जनाएका छन्।







प्रतिक्रिया दिनुहोस्