सागर न्यौपाने, स्याङ्जा।
स्याङ्जामा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत दिउँसो २ बजेसम्ममा ८९ हजार ६४४ मत खसेको छ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीका अनुसार उक्त संख्या जिल्लाको कुल मतदाताको करिव ३७ प्रतिशत हो।
जिल्लामा बिहानदेखि नै अधिकांश मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। मतदाताहरू उत्साहपूर्वक मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।
स्याङ्जा जिल्लामा दुई वटा निर्वाचन क्षेत्र रहेका छन्। जिल्लाभर कुल २ लाख ४८ हजार ८१६ जना मतदाता रहेका छन्।
बाँकी मतदाताले पनि मतदान गर्न आउने क्रम जारी रहेको छ।







प्रतिक्रिया दिनुहोस्