काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौंको विशालनगरस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्।
मतदानपछि उनले मताधिकार केवल अधिकार मात्र नभई देशको भविष्य निर्धारण गर्ने जिम्मेवारीसमेत भएको बताएका छन् । मतदानमार्फत मुलुकले सक्षम र दूरदर्शी नेतृत्व पाउने अपेक्षा उनले व्यक्त गरे। त्यस्तो नेतृत्वबाट स्थिर नीति, लगानीमैत्री वातावरण र निजी क्षेत्रको सहभागितासहित समृद्ध अर्थतन्त्र निर्माणतर्फ मुलुक अघि बढ्ने उनको भनाइ छ।
ढकालले मुलुकको अर्थतन्त्र, रोजगारी र राजस्वमा ८० प्रतिशतभन्दा बढी योगदान निजी क्षेत्रको रहेको उल्लेख गर्दै विकास र समृद्धिको प्रमुख संवाहक निजी क्षेत्र नै भएको बताए। निजी क्षेत्रको सक्रिय सहभागिता र लगानीबाट मात्रै अपेक्षित विकास हासिल गर्न सकिने उनको धारणा छ।







प्रतिक्रिया दिनुहोस्