Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


भरतपुर कारागारमा दुई घण्टामै मतदान सम्पन्न, १ सय १४ कैदीबन्दीले गरे मतदान


0
Shares

भरतपुर । चितवनस्थित भरतपुर कारागार मा आज बिहान सम्पन्न भएको मतदान शान्तिपूर्ण रूपमा टुंगिएको छ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान प्रक्रिया बिहान ९ बजे नै सकिएको हो।

कारागार परिसरमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमार्फत १ सय १४ जना कैदीबन्दीले आफ्नो मताधिकार प्रयोग गरेका छन्।

निर्धारित समयभित्रै सबै कैदीले मतदान गरेपछि प्रक्रिया समापन गरिएको निर्वाचन अधिकारीले जनाएका छन्।
कारागारमा मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको प्रशासनले जनाएको छ ।