Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


हस्ताक्षर नभएको मतपत्र भेटिएपछि वालिङ–१० को बालज्योति आविमा मतदान रोकियो


624
Shares

सागर न्यौपाने, स्याङ्जा।
स्याङ्जाको वालिङ नगरपालिका–१० स्थित बालज्योति आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि मतदान प्रक्रिया रोकिएको छ।

मतदानका क्रममा एक मतदाताले मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएको भन्दै आपत्ति जनाएपछि मतदान केन्द्रमा केहीबेर तनावको अवस्था सिर्जना भएको थियो। त्यसपछि विवाद बढ्न नदिन मतदान प्रक्रिया तत्कालका लागि रोकिएको हो।

घटनाबारे जानकारी पाएपछि निर्वाचन अधिकृत, सुरक्षा निकाय तथा सम्बन्धित पक्षहरू मतदान केन्द्रमा पुगेर आवश्यक छलफल र छानबिन गरिरहेका छन्। हस्ताक्षर नभएको मतपत्र कसरी प्रयोगमा आयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ।