काठमाडाैं । निर्वाचन आयाेगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान गर्नुभएको छ ।
उहाँले बिहीबार बिहान काठमाडौं महानगरपालिका–२९ वडा कार्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा मतदान भइरहेको भन्दै सबै मतदाताहरुमा मतदान सहभागी हुन आह्वान गर्नुभयो । उहाँले मतगणनाको सन्दर्भमा खसेको मतको आधारमा गणना टोली बनाएर छिटो मत परिणाम सार्वजनिक गर्ने आयोगको योजना रहेको बताउनुभएकाे छ।
उहाँले यहि फागुन २५ गतेभित्रमा प्रत्यक्ष र समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गरिसक्ने अठोट रहेको पनि बताउनुभयाे । बिहीबार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १ सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ १ सय १० स्थानका लागि निर्वाचन भइरहेको हो । देशैभरी मतदान कार्य जारी रहेकाे छ।







प्रतिक्रिया दिनुहोस्