काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले मतदान गर्नुभएको छ ।
बिहीबार बिहान चितवनको भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट अध्यक्ष दाहालले मतदान गर्नुभएको हो । उहाँ रुकुम पूर्वबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत हुनुहुन्छ ।
बिहीबार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ १ सय ६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ १ सय १० स्थानका लागि निर्वाचन भइरहेको हो । देशैभरी मतदान कार्य जारी छ ।







प्रतिक्रिया दिनुहोस्