Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


करेन्ट लागेर एकजनाको मृत्यु


377
Shares

काठमाडौं । कैलालीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका–७, चाकाबाडी बस्ने ४० वर्षीय गणेश चौधरी रहेका छन् । करेन्ट लागेर उनको मंगलबार दिउँसो मृत्यु भएको हो ।

सोही ठाउँस्थित रोरा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा गम्भीर घाइते भएका उनको टिकापुर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।