Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


रुकुम पूर्व र पश्चिममा निर्वाचनको सम्पूर्ण तयारी पूरा


0
Shares

जीवन खडका ,रुकुम ।

रुकुम पूर्व र पश्चिम दुबै जिल्लामा भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको छ।

दुबै जिल्लाका सबै मतदान स्थल र मतदान केन्द्रमा हिजो सर्वदलिय बैठक बस्यो भने आज मतदान केन्द्र निर्माण कार्य सम्पन्न भयो ।

आवश्यक निर्वाचन सामग्रीसहित कर्मचारी तथा सुरक्षाकर्मी सबै मतदान केन्द्रमा पुगेर काम सुरु गरी सकेको कुरा रुकुम पश्चिमकाका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीले बताउनुभयो ।

त्यसै गरी रुकुम पुर्वमा पनि निर्वाचनको सम्पुर्ण तयारी पुरा भई मतदानलाई सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सबै सुरक्षा निकायहरु संग समन्वय गरेर परिचालन गरेकोले शान्तिपुर्ण रूपमा निर्वाचन सन्पन्न हुने कुरामा आफु ढुक्क रहेको रुकुम पुर्वका प्रमुख जिल्ला अधिकारी सीता परियारले बताउनुभयो ।

दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सबै मतदातालाई ढुक्क र भयरहित वातावरणमा आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको छ। शान्तिपुर्ण र निर्भयता पुर्वक मतदान गर्न कुनै कठिनाई नहुने र केही भई हालेमा पनि सुरक्षा निकायले तत्काल सम्बोधन गर्ने तयारी रहेकाले निर्धक्क मतदान केन्द्रमा पुगेर भोट खसाल्न वहाँहरुले मतदाताहरुलाई अनुरोध गर्नु भएको छ।