Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


बर्दियामा निर्वाचनको तयारी पूरा


52
Shares

बर्दिया । बर्दिया जिल्लामा भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तथा व्यवस्थापकीय तयारी पूरा भएको छ।

जिल्लाका सबै मतदान स्थल र मतदान केन्द्रमा आवश्यक निर्वाचन सामग्रीसहित कर्मचारी तथा सुरक्षाकर्मी खटाइसकिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताउनुभयो ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहयोगी कर्मचारी तथा सुरक्षाकर्मीहरू आफ्नो-आफ्नो कार्यक्षेत्रमा पुगेर तयारी पूरा गरिसकेको उहाँले जानकारी दिनुभयो।

रेडियो राजापुरसँग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी हमालले मतदानलाई सुरक्षित, व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रशासन पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताउनुभयो।

उहाँले जिल्लाका सबै मतदातालाई ढुक्क र निर्भय भएर आफ्नो मताधिकार प्रयोग गर्न पनि आग्रह गर्नुभएको छ। प्रशासनले मतदानको दिन कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ।