ओखलढुंगा। ओखलढुंगाको सिद्धिचरण नगरपालिका-५ को ढुंग्रेस्थित सिद्धिचरण लोकमार्गमा टिफर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
सोलुखुम्बुबाट मिर्चैयातर्फ हिँडेको बा.प्र.०८-००१ ख ००८१ नम्बरको टिफर दुर्घटना हुँदा उदयपुरको कटारी नगरपालिका ४ मरुवाखोलाका अन्दाजी २६ वर्षीय टिफर चालक युवराज खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ ।
हिजो दिउँसो साढे ३ बजेको समयमा सोलुखुम्बु सदरमुकाम सल्लेरीबाट हिँडेको टिफर सडकबाट अन्दाजी ३ सय मिटर तल झरेर दुर्घटनामा परेको हो ।
दुर्घटना हिजो साँझतिर भएको अनुमान गरिए पनि आज मात्रै स्थानीयले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए ।







प्रतिक्रिया दिनुहोस्