काठमाडाैं ।
निर्वाचन लक्षित पैसा बाडेकाे आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का झापा क्षेत्र नम्बर २ का उपाध्यक्ष राजुजंग कन्दङवा पक्राउ परेका छन्।
बिर्तामोड नगरपालिका– ६ निवासी कन्दङवालाई बुधबार बिहान बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालय अगाडिको फलफूल लाइनबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
सुरक्षा स्रोतले उनी चुनावका लागि पैसा बाँड्दै गरेको विशेष सूचनाका आधारमा पक्राउ गरिएको दाबी गरेको छ। राप्रपा झपाका अध्यक्ष केशव ओझालेसमेत मौन यो अवधिमा कन्दङवा चुनाव प्रचार प्रसारका लागि प्रयोग भएको गाडीमा हिड्डुल गरेको उनी सवार गाडीबाट चुनाव प्रचार प्रसारका सामग्री फेला परेको स्वीकार गरेकाे छ ।
सशस्त्र प्रहरीले पक्राउ गरेर कान्दङवालाई निर्वाचन अधिकृतको कार्यालयमा बुझाएको छ।







प्रतिक्रिया दिनुहोस्