Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


निर्वाचनमा हेलिकप्टरबाट पनि गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिले निर्णय


156
Shares

काठमाडौं । भोलि हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा हेलिकप्टरबाट पनि गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिले निर्णय गरेको छ।

बिहीबार हुने निर्वाचनमा देशभरि नै हेलिकप्टरबाट गस्ती गर्ने निर्णय गरेको गृह मन्त्रालयका सहप्रवक्ता एवं रमा आचार्यले जानकारी दिइन्।

गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा सुरक्षा समितिको बैठक बसेको थियो। आचार्यका अनुसार बैठकले हेलिकप्टर तयारी अवस्थामा राख्ने निर्णय समेत गरेको छ।