Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


स्पेनसँगको सबै व्यापार ठप्प पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी


2.5k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ ।

इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो सैन्य आधार क्षेत्र (बेस) प्रयोग गर्न अनुमति नदिएपछि राष्ट्रपति ट्रम्पले स्पेनविरुद्ध यस्तो चेतावनी दिनुभएको हो । सोही क्रममा उहाँले आफू बेलायतसँग पनि खुशी नरहेको बताउनुभयो । ओभल अफिसमा जर्मन चान्सलर फ्रेडरिक मर्जसँगको वार्ताको शुरुमा सञ्चारकर्मीहरूसँग बोल्दै उहाँले आफूहरु स्पेनसँगको सबै व्यापार बन्द गर्न गइरहेको बताउनुभएकाे छ।

अमेरिकाले स्पेनसँग कुनै सम्बन्ध राख्न नचाहेको उहाँकाे भनाइ थियाे । बेलायती प्रधानमन्त्री किर स्टार्मरले सोमबार संसदमा बोल्दै इरानमाथि भइरहेको अमेरिका–इजरायलको आक्रामक हमलामा बेलायत सहभागी नहुने स्पष्ट पार्नुभयाे । मंगलबार ओभल अफिसमा भएको भेटमा चान्सलर मर्जले राष्ट्रपति ट्रम्पलाई इरानविरुद्ध जारी अमेरिका–इजरायल युद्ध जतिसक्दो चाँडो अन्त्य हुनेमा जर्मनीले आशा राखेको बताउनुभएको थियो ।

गत शनिबार बिहानैदेखि अमेरिका र इजरायलले इरानविरुद्ध विशाल सैन्य अभियान शुरु गरेयता राष्ट्रपति ट्रम्पलाई प्रत्यक्ष भेट्ने मर्ज पहिलो विदेशी नेता भएकाे जनाइएकाे छ।