Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


पेरूमा भारी वर्षाका कारण ४१ जनाको मृत्यु, ५६ घाइते


104
Shares

एजेन्सी । पेरुमा यस वर्षको शुरुदेखि वर्षा यामका कारण ४१ जनाको मृत्यु भएको छ ।

अन्य एक जना बेपत्ता रहेको देशको स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको हाे। आधिकारिक विज्ञप्तिका अनुसार सोमबारसम्म ५६ जना घाइते भएका थिए । जसमध्ये ४८ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। सात जना अझै अस्पतालमा उपचाररत रहेका हुन् ।

पेरु सरकारले गत फेब्रुअरी २५ तारिखमा भारी वर्षाका कारण उत्पन्न हुनसक्ने आसन्न खतरालाई ध्यानमा राख्दै विभिन्न क्षेत्रहरूमा ६० दिने आपत्काल घोषणा गरेको थियो ।