Logo २० फाल्गुन २०८२, बुधबार | Wed Mar 4 2026


राष्ट्रियसभाका नवनिर्वाचित सांसदको शपथ फागुन २५ गते हुने


260
Shares

काठमाडाैं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूको पद तथा गाेपनीयताकाे शपथ ग्रहण यहि फागुन २५ गते हुने भएको छ ।

सिंहदरबारमा रहेको कानून, न्याय तथा मानव अधिकार समितिको हलमा फागुन २५ गते साेमार दिउँसो २ बजेका लागि शपथ ग्रहणको समय तय गरेको स‌घीय संसद सचिवालयले जनाएको हाे। राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचित सदस्यलाई शपथ ग्रहण गराउनुहुने भएकाे छ।

राष्ट्रियसभाको चुनाव गत माघ १९ गते भएको थियो । साेही चुनावबाट १८ जना सदस्य निर्वाचित भएका छन् । ५९ सदस्यीय राष्ट्रियसभामा एकतिहाइ सदस्यका लागि हरेक दुई–दुई वर्षमा चुनाव हुन्छ । यहि फागुन २० गते १९ जनाको कार्यकाल सकिएकोमा एक जना भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ।