Logo २२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026


सिरहा-३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादवसहित ५ जना प्रहरीकाे नियन्त्रणमा

४ लाख ८७ हजार नगद पनि भेटियाे

416
Shares

काठमाडाैं । गैरकानूनी गतिविधि गरेको आरोपमा सिरहा-३ का उम्मेदवार अशेश्वर यादव पक्राउ परेका छन् ।

प्रतिनिधिसभा सदस्य चुनावको मौन अवधिमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार यादव नगदसहित पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सिरहाले नेपाल–भारत सीमा माडरमा गाडी जाँचका क्रममा ४ लाख ८७ हजार नगद पनि भेटिएको छ । मौन अवधिको समयमा गैरकानूनी गतिविधि भएपछि उम्मेदवार यादवसहित ५ जनालाई पक्राउ गरिएकाे प्रहरीले बताएकाे हाे ।

थप कारबाहीका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउने तयारी भइरहेको समेत प्रहरीले बताएकाे छ।