एजेन्सी । इजरायल र अमेरिकाले संयुक्त रुपमा इरानमाथि भीषण हवाई आक्रमण गरिरहेका छन् ।
यी दुवै देशले राजधानी तेहरान र अन्य शहरमा बुधबार चौथो दिन पनि भीषण हवाई आक्रमण गरिरहेकाे जनाइएकाे हाे। साेही आक्रमणमा परी हालसम्म इरानमा एक हजार ९७ जना सर्वासाधारणको मृत्यु भएको अमेरिकी संस्था ‘मानवअधिकारवादी न्यूज एजेन्सीले जनाएको छ । मृतकमध्ये १ सय ८१ जना १० वर्षमुनिका बालबालिका रहेका छन् । आक्रमणमा परी ५ हजार भन्दा बढी घाइते भएका छन् । अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले सैन्य कारबाहीका क्रममा इरानमा करिब २ हजार शक्तिशाली आक्रमण गरेको दावी गरेको हाे ।
सेन्टकमका प्रमुख एड्मिरल ब्राड कुपरले यस अभियानमा इरानका १७ वटा पानीजहाज ध्वस्त पारिएको जानकारी दिएका छन् । भिडियो सन्देश जारी गर्दै उनले यस अपरेसनमा ५० हजार भन्दा बढी सैनिक, २ सय लडाकु विमान, दुई वटा विमानवाहक जहाज र बमवर्षक विमान सहभागी रहेको बताएका हुन् । इरानले विश्वको महत्वपूर्ण तेल मार्ग ‘स्ट्रेट अफ हर्मुज’ बन्द गर्ने घोषणा गरेपछि अमेरिकाले तेल ट्यांकरलाई सुरक्षा दिन अमेरिकी नौसेना परिचालन गर्न तयार रहेको जनाएकाे छ ।
उता, इरानले खाडीका विभिन्न देशहरुमा रहेका अमेरिकी सैन्य आधार तथा दूतावासहरुलाई निशाना बनाउँदै ड्रोन आक्रमण गर्ने क्रम जारी राखेको छ । साउदी अरब र कुवेतस्थित अमेरिकी दूतावासहरुमा इरानी ड्रोन आक्रमण भएपछि अमेरिकाले मंगलबारै दूतावास बन्द गरेको हाे । अमेरिकाले खाडी र आसपासका देशहरुमा रहेका आफ्ना नागरिकहरुलाई सुरक्षित बस्न उर्दी जारी समेत गरेको छ । इरानी आक्रमणमा परी कुवेतमा ६ अमेरिकी सैनिककाे मृत्यु भएकाे जनाइएकाे छ ।







प्रतिक्रिया दिनुहोस्