काठमाडाैं । सुर्खेतको भेरीगंगा नगरपालिका-१० राताचौरस्थित छिन्चु-जाजरकोट सडकखण्डमा शंकास्पद वस्तु फेला परेको छ । मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार सडक छेउको नालामा रातो प्लाष्टिकले बेरिएको प्रेसर कुकर र नजिकै ‘खतरा’ लेखिएको रातो प्लाष्टिकको पोकामा वस्तु देखिएको थियो ।
सूचना प्राप्त भएपछि नेपाली सेनाको टोलीले उक्त शंकास्पद वस्तु सुरक्षित रूपमा डिस्पोज गरेको हो । शाहीका अनुसार डिस्पोज गर्ने क्रममा उक्त प्रेसर कुकरभित्र गोबर र माटो राखिएको पाइएको छ ।
उनका अनुसार उक्त वस्तु निर्वाचनको समयलाई लक्षित गर्दै विरोधी तत्वहरूले त्रास फैलाउने उद्देश्यले राखेको हुन सक्ने आशंका गरिएको छ । प्रहरी उपरीक्षक शाहीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।







प्रतिक्रिया दिनुहोस्