काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था सहज राख्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनलाई अत्यावश्यक वस्तुको मौज्दात पर्याप्त राख्न निर्देशन दिएको हो । चुनावलाई लक्षित गरी पेट्रोलियम पदार्थ, खाद्यान्न तथा नुनको आपूर्ति व्यवस्था सहज राख्न सम्बन्धित निकायलाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताउनुभयो । साथै सहज उपलब्धता र वितरण व्यवस्थापन नियमित राख्न निर्देशन दिइएको उहाँले जानकारी दिनुभएकाे छ ।
चुनावको बेला बजारमा हुन सक्ने कृत्रिम अभाव नियन्त्रण गर्न प्रभावकारी रूपमा बजार अनुगमन गर्नसमेत निर्देशन दिइएको उहाँले बताउनुभयो । सार्वजनिक बिदाका दिनमा समेत आयातनिर्यात कार्य सञ्चालन गर्न निर्देशन दिइएको छ । बजार अनुगमन तथा आपूर्ति व्यवस्थामा सहजीकरण र सहयोगका लागि स्थानीय प्रशासन परिचालन गर्न गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भएको मन्त्रालयले जनाएको हाे ।







प्रतिक्रिया दिनुहोस्