काठमाडाैं । रङहरूको पर्व होली मंगलबार तराई–मधेशका जिल्लामा हर्षोल्लासका साथ मनाईंदैछ ।
काठमाडाैं उपत्यकासहित हिमाली र पहाडी जिल्लामा होली मनाइएको भोलिपल्ट तराईमा होली अर्थात फागु पर्व मनाउने प्गरचलन रहेकाे हाे । झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर लगायत तराईका जिल्लामा होली धुमधामका साथ खेल्ने गरिन्छ । सरकारले तराईमा होली मनाउने दिन मंगलबार सार्वजनिक बिदा समेत दिएकाे छ ।
आत्मीयता र आफन्तसँग घरभित्रै होली खेल्न, कसैको पनि इच्छाविपरीत रङ नदल्न, लोला हान्ने काम नगर्न, छाला तथा आँखामा असर पर्ने केमिकल रङको प्रयोग नगर्न, जाँडरक्सी नखान तथा ट्राफिक नियमको पूर्ण रूपमा पालना गर्न सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरुले आग्रह गरेका हुन् ।







प्रतिक्रिया दिनुहोस्