Logo १९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026


निर्वाचनले नयाँ उचाइमा पुर्‍याउने राष्ट्रपति पौडेलकाे विश्वास


78
Shares

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढंगले परिभाषित गर्दै नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले साेमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै निर्वाचन पछिल्ला उपलब्धिको रक्षा र प्रवर्द्धन गर्दै नयाँ सम्भावनातर्फ अघि बढ्ने युगीन आवश्यकता भएको उल्लेख गर्नुभएकाे हाे । यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई संघीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर समेत रहेको बताउनुभयो ।

राष्ट्रपति पौडेलले निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई अझ विश्वस्त र परिपक्व बनाउने विश्वास व्यक्त गर्नुभएकाे छ। सुशासन, सामाजिक न्याय, उत्तरदायी शासन र सेवा प्रवाहका क्षेत्रमा अझ धेरै काम गनुपर्ने आश्यकता रहेकाे बताउनुभयाे । उहाँले आसन्न निर्वाचनले साेही भावधारालाई संस्थागत गर्दै लोकतन्त्रलाई नयाँ ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएकाे छ।