काठमाडाैं । राष्ट्रिय लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले जनजागृति क्लबलाई पराजित गरेकाे छ ।
दशरथ रङ्गशालामा आइतबार भएको पहिलो खेलमा आर्मीले जनजागृतिलाई ३–० गोल अन्तरले पराजित गरेकाे हाे । यो जितसँगै आर्मीले ८ खेलमा १७ अंक जोड्दै पाँचौ स्थानमा छ । लगातार ८ खेलमा पराजित जनजागृति अंकविहीन हुँदै तालिकाको पुछारमा रहेकाे हाे । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् ।
प्रतियोगिताका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका हुन् ।








प्रतिक्रिया दिनुहोस्