Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


देशका २ प्रदेशमा आज मेघगर्जन-चट्यांगसहितकाे वर्षा-हिमपात हुँदै


403
Shares

काठमाडाैं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

साेमबार बिहान कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागिरहेकाे हाे । साथै बाँकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लागेको छ। तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लागिरहेकाे हाे । गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको भईरहेको छ।

त्यस्तै, साेमबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहने भएकाे छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधरणतया बादल लाग्ने भएकाे हाे। देशको पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ । तराई भू-भागमा मौसम मुख्यतया सफा रहने भएकाे हाे। कोशी प्रदेशका पहाडी भू-भागका समेत केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेकाे महाशाखाले जनाएकाे हाे ।

त्यस्तै, साेमबार राति भने राई भू-भागका केही स्थानहरूमा तुँवालो लाग्ने भएकाे छ। कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधरणतया बादल लाग्ने भएकाे हाे। साथै बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहने भएकाे छ। कोशी प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा र हिमपातको समेत सम्भावना रहने महाशाखाले जनाएकाे हाे ।