Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


सर्लाहीमा गगन थापाका सम्भावना र चुनाैती (भिडियाे रिर्पाेट)


286
Shares

प्रकाश मैनाली, सर्लाही । जिल्ला २०६२ र६३ को दोस्रो जन आन्दोलन पछिका सबै चुनावमा प्रमुख चर्चाको केन्द्र बन्दै आएको जिल्ला हो ।

यस जिल्लामा अघिल्ला निर्वाचनहरुमा मधेश केन्द्रित दलका शिर्ष नेताहरुको कारण चर्चा हुने गरेको थियो । यसपटक नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सर्लाही चार बाट उम्मेदवारी दिएपछि देशैभर चर्चा चुलिएको छ ।

चुनावको मिति नजिकिदै जाँदा अहिले गगन थापाको चर्चासँगै चुनौतीका बारेमा पनि समिक्षा हुन थालेको छ । कांग्रेस सभापति गगनकुमार थापा आँफुले तीन पटक निर्वाचन जितेको काठमाण्डौ ४ छाडेर सर्लाही ४ मा झरेपछि यहाँको माहोल एकाएक तातेको छ ।

गगन सर्लाही आएसंगै जिल्लामा मात्र नभई सिंगो मधेस प्रदेशमै नेपाली कांग्रेस उत्साहीत भएको कांग्रेस नेता तथा कार्यकर्ताहरुको भनाई छ । यसैका आधारमा कांग्रेसले मधेशका जिल्लामा अहिलेको अवस्थामा धेरै सुधार गर्ने अपेक्षा समेत छ ।