Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


केपी शर्मा ओलीले हारे भने देशले नै हार भोग्नु पर्ने योगेशकाे दाबी


247
Shares

काठमाडौं ।
नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी निर्वाचनमा नेकपा एमाले र केपी शर्मा ओलीले हारे भने देशले नै हार भोग्नु पर्ने दाबी गर्नुभएको छ ।

ओलीको चुनावी अभियानका क्रममा झापाको कमल गाउँपालिकामा आज आयोजीत मोटरसाईकल र्‍याली उद्घाटन गर्दै उहाँले निर्वाचनबाट राष्ट्रवादी शक्तिलाई विजयी गराउनुपर्छ भन्नुभयो । अहिले राष्ट्रवादी शक्तिको नेतृत्व एमालेले गरिरहेको दाबी गर्दै भट्टराइले ओलीको जीत जरुरी रहेको जिकीर गर्नुभयो ।

झापाले नेपाली कम्युनिष्ट आन्दोनलाई पुनर्जिवन दिएको उल्लेख गर्दै भट्टराईले झापाले राष्ट्रवादी शक्तिलाई निर्वाचित गराई देशव्यापी सन्देश दिनेमा आफु ढुक्क रहेको बताउनुभयो ।