Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


बोलिभियामा नोट बोकेको विमान दुर्घटना, २० जनाको मृत्यु


663
Shares

एजेन्सी ।
लेटिन अमेरिकी मुलुक बोलिभियमा वायुसेनाको कार्गो विमान दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

विमान सान्ता क्रुज शहरबाट एल अल्टोको एयरपोर्टमा आइपुग्दा दुर्घटनामा परेको हो । उड्डयन अधिकारीहरूका अनुसार सि–१३० हर्कुलस विमान धावनमार्गबाट ​​चिप्लिएर नजिकैका सवारी साधनमा ठोक्किएको थियो ।

बोलिभियाको रक्षा मन्त्रालयका अनुसार विमानले बोलिभियाको केन्द्रीय बैंकको नोटहरू ढुवानी गरिरहेको थियो । छरिएका नोटहरू लिन खोजिरहेका भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

सरकारी सञ्चालित बोलिभियन समाचार एजेन्सीले कम्तिमा एक दर्जन व्यक्तिलाई नोट चोरेको आरोपमा पक्राउ गरिएको जनाएको छ ।