Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


अमेरिकी सेनाले इरानमा ‘ठूलो र निरन्तर आक्रमण’ जारी छ: राष्ट्रपति ट्रम्प


1.8k
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले इरानमा ठूलो र निरन्तर आक्रमण जारी राखेको बताउनुभएको छ ।

उहाँले आइतबार यसको उद्देश्य इरानको मिसाइलहरू नष्ट गर्नु र मिसाइल उद्योगलाई पूर्ण रूपमा ध्वस्त पार्नु रहेको उल्लेख गर्नुभएको हाे । जसले इरान र अमेरिका–इजरायलबीचको तनाव चर्किएको समयमा आएको हो । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा ठूलो आक्रमण गरेका छन् ।

जसमा इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको पुष्टि गरिएको छ । इरानले प्रतिकारमा इजरायल र क्षेत्रीय अमेरिकी आधारहरूमा मिसाइल तथा ड्रोन आक्रमण गरेको हाे । साेही घटनाले मध्यपूर्वमा ठूलो युद्धको सम्भावना बढाएको छ । यस घटनाले अन्तर्राष्ट्रिय समुदायमा चिन्ता समेत बढेको हाे ।