काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा-५ मा चुनावी घरदैलोका क्रममा धिमाल साँस्कृतिक संग्रहालयको अवलोकन गर्नुभएको छ ।
अवलोकनका क्रममा स्थानीय बासिन्दा र संग्रहालय व्यवस्थापन समितिसँग कुरा गर्दै उहाँले संग्रहालयको विकासका लागि आफ्नो प्रतिवद्धता व्यक्त गर्नुभएकाे हाे । उहाँले आफू सरकारमा हुँदा संग्रहालयका लागि विनियोजन गरेको बजेट वर्तमान सरकारले कटौती गरेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले एमाले विकासप्रेमी पार्टी भएको दावी गर्दै देश निर्माणका लागि सबै पक्षको रचनात्मक सल्लाह र सुझावको खाँचो रहेको बताउनुभएकाे छ। उहाँले धिमाल जातिको मौलिक संस्कृति संरक्षणमा संग्रहालयले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउँदै यसको स्तरोन्नतिका लागि आफू सधैं तत्पर रहने बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्