काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ।
गत शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको मूल्य आइतबार प्रतितोला ५ हजार ६ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला ३ लाख २० हजार ५ सय रूपैयाँमा काराेबार इरहेको जनाएकाे छ।शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला ५ हजार ७ सय ४० रूपैयाँमा कारोबार भएको थियाे । चाँदी आइतबार भने ५ हजार ९ सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । यो मूल्य शुक्रबारकाे तुलनामा प्रतितोला २ सय ४५ रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस ५ हजार २ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।







प्रतिक्रिया दिनुहोस्