काठमाडाैं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आइतबार ‘सुपर–एट’ का अन्तिम दुई वटा खेल हुने भएकाे छन्।
पहिलो खेल आइतबार दिउँसो सवा ३ बजेदेखि दिल्लीको अरुण जेटली स्टेडियममा जिम्बाब्वेले र दक्षिण अफ्रिकाकाे सामना गर्ने भएकाे हाे । टी–२० क्रिकेटमा यी दुई टोलीबीच अहिलेसम्म ८ पटक भेट भएकोमा दक्षिण अफ्रिका ७ खेलमा विजयी भएको छ भने एउटा खेल नतिजाविहीन बनेकाे हाे । त्यस्तै, आइतबार बेलुका सवा ७ बजेखेखि कोलकाताको इडेन गार्डेन्समा घरेलु टोली भारत र वेस्ट इन्डिजबीच कडा प्रतिस्पर्धा हुने देखिएकाे छ।
टी–२० क्रिकेटमा यी दुई टोलीबीच अहिलेसम्म ३० पटक भेट भएकोमा भारत १९ र वेस्ट इन्डिज १० खेलमा विजयी हुँदा एउटा खेल नतिजाविहीन बनेकाे हाे ।समूह-१ बाट दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेको छ । भारत र वेस्ट इन्डिजबीचको खेलको विजेता भने सेमिफाइनलमा पुग्ने अन्तिम टोली बन्ने भएकाे हाे । जिम्बाब्वे यसअघि नै बाहिरिइसकेको छ ।
त्यस्तै, समूह-२ बाट इङ्ग्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनलमा पुगेका छन् । शनिबार भएको खेलमा श्रीलंकालाई पराजित गरेता पनि पाकिस्तान नेट रन रेटमा पछि परेर प्रतियोगिताबाट बाहिरिएकाे हाे । टी–२० विश्वकपको पहिलो सेमिफाइनल बुधबार र दोस्रो सेमिफाइनल बिहीबार हुने भएकाे छ । १०औं संस्करणको प्रतियोगिताको फाइनल खेल भने फागुन २४ गते हुने भएकाे हाे ।







प्रतिक्रिया दिनुहोस्