Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


बमबारूदको भिडियो नखिच्न र सामाजिक सञ्जालमा पाेष्ट नगर्न दुबई प्रहरीको आग्रह

भिडियो खिच्ने व्यक्ति फेला परेमा डिपोर्टसम्मको कारबाही गर्न बाध्य हुने प्रहरीकाे चेतावनी

3k
Shares

एजेन्सी । दुबई प्रहरीले विमानस्थल र दुबई क्षेत्रका कुनै पनि भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट नगर्न अनुरोधात्मक चेतावनी दिएको छ ।

दुबई र कतार लगायतका मध्यपूर्वमा भइरहेको इरान-अमेरिका तनाव क्रममा भिडियो खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेहरुलाई प्रहरीले त्यस्ता भिडियो पोस्ट नगर्न, डिलिट गर्न-कसैलाई पनि नपठाउन आग्रह गरेको हो ।

प्रहरीले एक भिडियो सन्देशमार्फत यस्ताे कार्यले तपाईं र हाम्रो सुरक्षा र हित नगर्ने उल्लेख गरिएकाे छ। यसले अर्को वर्गलाई मात्र फाइदा पुग्ने र सबै भिडियो खिच्दै पोस्ट गर्न माहिर हुनुहुन्छ र अर्को पक्षले सजिलै फाइदा लिइरहेको भिडियो सन्देशमा भनिएकाे हाे । त्यसका कारण यस्ताे काम बन्द गर्नका प्रहरीले आग्रह गरेकाे छ ।

प्रहरीले यदि काम रोकिएन र भिडियो खिच्ने व्यक्ति फेला परेमा डिपोर्टसम्मको कारबाही गर्न बाध्य हुने चेतावनी समेत दिएकाे हाे ।