काठमाडाैं । राष्ट्रिय लिग फुटबलमा श्री भगवती क्लबले काँक्रेबिहार क्लबलाई पराजित गरेकाे छ।
त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शनिबार भएको खेलमा भगवतीले काँक्रेबिहारलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेकाे हाे । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् ।
प्रतियोगिताका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका हुन् ।







प्रतिक्रिया दिनुहोस्