Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


‘बिना दुर्घटना तीव्र गतिमा देश अगाडि बढाउँछौं’: सभापति थापा


182
Shares

प्रकाश मैनाली, सर्लाही

ईश्वरपुर नगरपालिकामा आज आयोजित सर्लाही क्षेत्र नं. १ स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आगामी पाँच वर्ष देश चलाउने जिम्मेवारी नेपाली कांग्रेसले लिने र उक्त अवधिमा बिना दुर्घटना तीव्र गतिमा देश अगाडि बढाउने बताउनुभएको छ ।

उहाँले अब बन्ने नेपाली कांग्रेस नेतृत्वको सरकारले प्रत्येक महिनाको १ गते देशवासीलाई सरकार गने कामको विवरण सार्वजनिक गर्ने व्यवस्था गरिने जानकारी दिनुभयो। “बैशाख महिनादेखि सरकारले मासिक रूपमा आफ्नो कार्यसम्पादनबारे जानकारी दिनेछ र त्यसको समीक्षा पनि नियमित गरिनेछ,” थापाले भन्नुभयो।

उहाँका अनुसार यसले सरकारको कामप्रति पारदर्शिता बढ्नुका साथै जनतालाई प्रत्यक्ष जानकारी पुग्ने र कामको गति समेत तीव्र हुने विश्वास व्यक्त गर्नुभयो।

थापाले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले नेपाललाई स्थायित्व, विकास र सुशासनको दिशामा अगाडि बढाउने दाबी समेत गर्नुभयो।