Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


इजरायल र इरान यात्रा नगर्न सरकारको आग्रह


351
Shares

काठमाडौं । नेपाल सरकारले अवस्था सामान्य नहुँदासम्म नेपालीलाई इजरायल र इरानको यात्रा नगर्न आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार एडभाइजरी जारी गर्दै दुवै देशको अवस्था सामान्य नहुँदासम्म यात्रा योजना स्थगित गर्न सुझाव दिएको हो ।

मन्त्रालयले इजरायल वा इरान जाने तयारीमा रहेका नेपाली नागरिकहरूलाई हालको परिस्थितिलाई मध्यनजर गर्दै अनावश्यक यात्रा नगर्न र सुरक्षित समयसम्म प्रतीक्षा गर्न अनुरोध गरेको छ । साथै, हाल ती देशहरूमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार सरकारले मध्यपूर्व क्षेत्रको पछिल्लो अवस्थालाई नजिकबाट अनुगमन गरिरहेको छ । इजरायल र इरानमा रहेका नेपालीहरूलाई सम्बन्धित देशहरूले जारी गरेका सुरक्षा निर्देशनहरू कडाइका साथ पालना गर्न, सकेसम्म घरभित्रै बस्न, सुरक्षित स्थानमा रहन तथा आवश्यक सावधानी अपनाउन भनिएको छ ।

त्यसैगरी, आफू रहेको क्षेत्रको नेपाली दूतावास तथा स्थानीय नेपाली समुदायसँग नियमित सम्पर्कमा रहन पनि मन्त्रालयले अनुरोध गरेको छ । सम्बन्धित निकायको पूर्वअनुमतिबिना यात्रा नगर्न समेत सरकारको आग्रह रहेको छ ।