विजय नेपाली-संवाददाता
कास्की । पर्यटकीय नगरी पोखरा समेत समेटिएको कास्कीमा पनि निर्वाचनको माहौल तातेको छ । उम्मेदवारहरु मतदाता फकाउने अभियानमा सक्रिय रहँदा अन्यत्र झैं कास्कीमा पनि पुराना दलहरुलाई नयाँ शक्तिले नै चुनौती दिने देखिएको हाे ।
तीन वटा निर्वाचन क्षेत्र रहेको कास्कीमा ३ लाख ८ हजार ५ सय ७२ मतदाता छन् । जसमध्ये १ लाख ४८ हजार ४ सय १५ पुरुष र १ लाख ६० हजार १ सय ५३ महिला तथा ४ जना अन्य मतदाता छन् । यति बेला उम्मेदवारहरुलाई मतदाताका घरदैलो चाहार्दै ठिक्क छ । क्षेत्र नम्बर २ मा ६ जना स्वतन्त्रसहित ४९ जना उम्मेदवार मैदानमा उत्रिएका हुन् ।
उम्मेदवारहरु सबै दूरदराजका बस्तीदेखि शहर बजारका चोक र गल्लीमा भोट मागी रहेको भेटिन्छन् । बिहानैदेखि साँझसम्म उम्मेदवार, पार्टी तथा उनका समर्थकहरु टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेण्डा, विकास योजना तथा प्रतिबद्धताहरु प्रस्तुत गरिरहेका छन् । घरदैलो अभियानका क्रममा उम्मेदवारहरुले स्थानीय पूर्वाधार विकास, खानेपानी, सडक स्तरोन्नति, फोहोर व्यवस्थापन, शिक्षा तथा स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राख्दै मत मागिरहेका हुन् ।
विगतमा भएका कमी–कमजोरी सच्याउँदै आगामी दिनमा जनअपेक्षा अनुसारको काम गर्ने प्रतिबद्धता पुराना पार्टीका नेताहरुले गरिरहेका देखिन्छन भने नयाँले पुराना दलका उम्मेदवारहरुका कमजोरी र विगत समातेर नयाँ आश्वासन दिइरहेका छन् । कास्की-१ मा १ जना स्वतन्त्र सहित १७ जना उम्मेदवार मैदानमा छन् । त्यसैगरी कास्की क्षेत्र नम्बर २ मा ५ जना स्वतन्त्रसहित १७ जना उम्मेदवार छन् । त्यसैगरी कास्की क्षेत्र-३ मा १५ जना उम्मेदवार रहेका हुन् ।
यस पटक परम्पगरागत रुपमा प्रतिष्पर्धा गर्दै आएका नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले तीन वटै क्षेत्रमा चुनौती दिने निश्चित देखिएको हाे । त्यसो त साना दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरु पनि उत्साहका साथ चुनावमा होमिएका छन् । तर टक्कर चाहीँ रास्वपा र पुराना दलहरुबीच नै हुने सामाजिक अभियन्ताहरुको पनि विश्लेषण छ ।
कास्की जिल्लाभरी १ सय ५३ मतदानस्थल र ३ सय ६३ मतदान केन्द्र तोकिएको हाे । गण्डकी प्रदेशको राजधानी समेत रहेको पोखरा महानगरपालिका क्षेत्र पनि रहेको कास्कीको चुनावी प्रतिष्पर्धाले प्रदेशका अन्य जिल्लाहरुमा पनि प्रभाव पार्नसक्ने अवस्था पनि देखिएको छ ।
विस्तृतमा भिडियाे रिपाेर्ट हेर्नुहाेस्:









प्रतिक्रिया दिनुहोस्