काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीले सरकार बनाएर पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्ति सबै भन्दा पहिले छानविन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
पोखरामा शुक्रबारआयोजित चुनावी सभालाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले पूर्वप्रधानमन्त्री देउवा र मन्त्री भईसकेको आफ्नो सम्पत्ति छानविन गर्ने बताउनुभयाे । सभापति थापाले भ्रष्टाचार छानविनका लागि शक्तिशाली आयोग बनाउने र मुलुकमा फेरि कसैले पनि भ्रष्टाचार गर्न नसक्ने गरी काम गर्ने कांग्रेसको संकल्प रहेको जिकिर गर्नुभएकाे छ । मुलुकमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योग क्षेत्रमा प्रत्येक क्षेत्रमा ५ वर्ष भित्र क्रान्तिकारी रुपातरण ल्याउने गरी कांग्रेसले सरकार बनाएर काम गर्ने आश्वासन समेत उहाँले दिनुभयो ।
सभापति थापाले कांग्रेसले सरकारको नेतृत्व लिनका लागि मुलुकलाई अघि बढाउने सबै विषयमा मिहिन ढंगले छलफल गरेको दावी समेत गर्नुभएकाे छ।







प्रतिक्रिया दिनुहोस्