काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा कार्यकर्तालाई सामाजिक सञ्जालमा भिडेर बस्ने काम नगर्न निर्देशन दिनुभएको छ ।
पोखरामा शुक्रबार आयोजित चुनावी सभामा बोल्दै उहाँले सामाजिक सञ्जालले घृणा फैल्याउने काम गर्ने भएकाले त्यसको भर नपरी घरघरमा गएर प्रचार अभियानमा जुट्न सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नुभएको हो । सभापति थापाले मुलुक एक्लै नबन्ने भएकाले आफूले सबै दललाईसँगै लिएर अघि बढ्ने बाटो तय गरेको समेत बताउनुभयो । आफूले प्रधानमन्त्री हुने मौका पाए सबै दलहरुलाई साथ लिएर अघि बढ्ने उहाँको भनाइ थियो । देश एक्लै नबन्ने उल्लेख बताउदै उहाँले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका सबै राजनीतिक दलसँग सहकार्य गरेर अघि बढ्नु नै मुलुकको हितमा हुने समेत बताउनुभयो ।
सभापति थापाले सामाजिक सञ्जालमा तुच्छ कुरा गरेर आफू भाईरल हुने पक्षमा नरहेको पनि बताउनुभएकाे छ।







प्रतिक्रिया दिनुहोस्