Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


निर्वाचन सुरक्षाका लागि करिब साढे ३ लाख सुरक्षाकर्मी परिचालन


156
Shares

काठमाडाैं । सरकारले यहि फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाख भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेकाे छ।

सरकारले स्वच्छ, स्वतन्त्र र निश्पक्ष तथा भयरहित वातावरणमा मतदान कार्य सम्पन्न गर्ने उद्देश्यका साथ निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिको निर्णयमा म्यादी प्रहरीसहित ३ लाख ४१ हजार १ सय ११ जना सुरक्षाकर्मी परिचालन गरेको हो । नेपाली सेनाबाट ७९ हजार ७ सय २७, शसस्त्र प्रहरी बलबाट ३४ हजार ५ सय ७६, नेपाल प्रहरीबाट ७५ हजार ७ सय ९७, राष्टिय अनुसन्धानबाट १ हजार ९ सय २१ र निर्वाचन प्रहरी (म्यादी) बाट १ लाख ४९ हजार ९० जना परिचाल गरिएको छ ।

निर्वाचन सुरक्षा तथा जोखिम व्यवस्थापन समितिका संयोजक समेत रहेका आयुक्त सगुन शमशेर जबराले अहिले सम्म मुलुकभरको शान्ति सुरक्षाको अवस्थामा कुनै शंका गर्नुपर्ने अवस्था नगरेको बताउनुभयो । उहाँले आयोगले समय समयमा सुरक्षा निकायका प्रमुखसँग देशभरको सुरक्षा अवस्थाको बारेमा जानकारी लिइरहेको उल्लेख गर्दै कुनैपनि सुरक्षा चुनौतीको रिपोटिङ्ग नभएको पनि जानकारी दिनुभएकाे छ ।

तर निर्वाचनको वातावरण बनाउन तथा सबैलाई सुरक्षित भएको अनुभूति दिन आयोगले विगतमा भन्दा केही अघि नै सेना परिचालनको निर्णय गरेको पनि आयुक्त जबराले स्पष्ट पार्नुभयो । विगतका निर्वाचनमा सेना परिचालन भएता पनि तेस्रो घेरामा राख्दा सुरक्षा प्रभावकारी हुन नसकेको भन्ने राजनीतिक दलहरुको पनि सुझाव आएकाले शान्ति सुरक्षाको लागि आवश्यक परे पहिलो घेरामा बस्न सक्ने गरी परिचालनको मोडालिटी तय गरिएको उहाँले बताउनुभएकाे छ ।

निर्वाचन सुरक्षा समितिको पहिलो बैठकले नै निर्वाचनमा नेपाली सेना प्रयोग गर्ने सम्बन्धमा सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।