काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।
बिहीबार प्रतितोला ६ सय रूपैयाँ बढेको सुनको मूल्य शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला तीन लाख १४ हजार नौ सय रूपैयाँ पुगेकाे छ। बिहीबार सुन प्रतितोला तीन लाख १५ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ। बिहीबार प्रतितोला पाँच हजार सात सय २५ रूपैयाँमा कारोबार भएको थियाे। तर चाँदी शुक्रबार भने पाँच हजार सात सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस पाँच हजार एक सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।







प्रतिक्रिया दिनुहोस्