Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


सामसङकाे ग्यालेक्सी एस २६ सिरिज सार्वजनिक


0
Shares

काठमाडौं । विश्वप्रसिद्ध प्रविधि कम्पनी सामसङले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन लाइनअप Galaxy S26 Series सार्वजनिक गरेको छ।

कम्पनीले आयोजना गरेको ‘Galaxy Unpacked 2026’ कार्यक्रममा ग्यालेक्सी S26, S26 Plus र S26 Ultra मोडलहरू औपचारिक रूपमा सार्वजनिक गरिएको हो।

नयाँ Galaxy S26 Series मा (AI) प्रविधिलाई केन्द्रमा राखिएको छ। सामसङले यस पटक Galaxy AI क्षमतालाई थप विस्तार गर्दै प्रयोगकर्ताको दैनिक प्रयोगलाई सहज, व्यक्तिगत तथा स्मार्ट बनाउने लक्ष्य लिएको जनाएको छ।

नयाँ सिरिजमा AI सहायक, स्मार्ट फोटो सम्पादन, रियल-टाइम सहयोग तथा प्रयोगकर्ताको बानीअनुसार अनुकूल हुने प्रणाली समावेश गरिएको छ।

सिरिजअन्तर्गत सार्वजनिक गरिएका स्मार्टफोनहरूमा सुधारिएको क्यामेरा प्रणाली, ब्याट्री लामाे समयसम्म टिक्ने नयाँ प्रोसेसर प्रयोग गरिएको छ। केही मोडलमा सामसङको नयाँ २ न्यानोमिटर Exynos चिपसेट गरिएको बताइएको छ।

विशेषगरी Galaxy S26 Ultra मा ‘Privacy Display’ नामक नयाँ सुविधा थपिएको छ । जसले स्क्रिनलाई सिधा अगाडिबाट मात्र स्पष्ट देखिने बनाउँदै प्रयोगकर्ताको गोपनीयता सुरक्षित गर्न मद्दत गर्नेछ।

सामसङका अनुसार Galaxy S26 Series को प्रि-अर्डर प्रक्रिया सार्वजनिक कार्यक्रमपछि सुरु भइसकेको छ भने उपकरणहरू विश्व बजारमा आगामी मार्च ११ देखि बिक्रीका लागि उपलब्ध हुनेछन्।

नयाँ सिरिजमार्फत सामसङले AI-केन्द्रित स्मार्टफोनले अनुभवलाई अझ व्यावहारिक बनाउँदै विश्व स्मार्टफोन बजारमा आफ्नो प्रतिस्पर्धात्मक उपस्थितिलाई थप मजबुत बनाउने लक्ष्य राखेको जनाएको छ।