काठमाडौं । युनिलिभर नेपाल लिमिटेड अन्तर्गतको डोभले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा ‘साम्बा’ भण्डारीलाई सहयाेग गरेकाे छ।
डोभले ‘साम्बा’को उपचार तथा पुनर्स्थापनाका लागि १५,००,००० नगद सहयोग गरेको जनाएकाे हाे। साेही सहयोग उनले यस अवरोधलाई पुनरागमनमा रूपान्तरण गर्ने यात्रामा डोभको साथ र प्रतिबद्धताको प्रतिक भएकाे डाेभले जनाएकाे हाे । कप्तान ‘साम्बा’ गम्भीर घुँडाको चोटपछि उपचार तथा स्वास्थ्य सुधारको लागि तयारी गरेकी छन् । उनको स्वास्थ्य लाभको कामना गर्दै डोभले आर्थिक सहयोग प्रदान गरेको हाे।
डोभले नेपाली फुटबलका प्रेरणादायी खेलाडीमध्ये एक साम्बाको समर्पण, संघर्षशीलता र उपलब्धिले देशैभरिका लाखौंलाई मात्र नभएर नेपाल बाहिरका दर्शकहरूलाई पनि प्रेरित गर्दै आएको जनाएकाे छ।







प्रतिक्रिया दिनुहोस्