काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गर्नुभएकाे छ।
पूर्वसभापति देउवा बुधबार राति साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिंगापुर एयरलाइन्सको जहाजमार्फत विदेश उड्नुभएकाे अध्यागमन स्रोतले जनाएकाे हाे। देउवा परिवारका सदस्यका साथ उपचारका लागि सिंगापुर उडेको स्रोतको दावी छ । सिंगापुर प्रस्थान गरेको आम निर्वाचन आउन एक हप्ता मात्रै बाँकी रहेको अवस्थामा पूर्वसभापति देउवा सिंगापुर प्रस्थान गर्नुभएकाे छ । पार्टीको आन्तरिक विवादका कारण निर्वाचनप्रति सकारात्मक नदेखिएका देउवा चुनाव छल्नकै लागि सिंगापुर उठेको पार्टीमा चर्चा भइरहेकाे छ ।
यद्यपि पूर्वसभापति देउवा यसअघि पनि पटक-पटक स्वास्थ्य उपचारको लागि सिंगापुर जाने गर्नुभएकाे थियाे । गत भदाैमा भएकाे जेनजी विद्राेहका क्रममा घाइते समेत हुनुभएकाे थियाे । त्यसपछि उपचार गर्नका पनि भारत नै जानुभएकाे थियाे । केही महिना अघि मात्रै पार्टीकाे विशेष महाधिवेशनबाट गगन थापा सभपति चयन भएसँगै देउवा सक्रिय राजनीतिकबाट ओेझेलमा पर्नुभएकाे छ ।







प्रतिक्रिया दिनुहोस्