काठमाडाैं । स्याङ्जाका ६ स्थानीय सरकारले मगर दिवसको अवसरमा फागुन १५ गते शुक्रबार सार्वजनिक बिदा दिएका छन् ।
जिल्लाका वालिङ, पुतलीबजार, भीरकोट र चापाकोट नगरपालिका तथा कालीगण्डकी र विरुवा गाउँपालिकाले मगर दिवसको अवसरमा शुक्रबार फागुनमा सार्वजनिक बिदा दिएका हुन् । ११ वटा स्थानीय तह रहेको स्याङ्जामा ६ वटा स्थानीय सरकारले ४४औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा स्थानीय सरकारले छुट्टा–छुट्टै सूचना जारी गर्दै सार्वजनिक बिदा दिएको जानकारी गराएका छन् ।
सार्वजनिक बिदा दिएका स्थानीय तहमा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक संघसंस्थाहरूमा सार्वजनिक बिदा दिएको जनाएका हुन् ।







प्रतिक्रिया दिनुहोस्