Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


रौतहटमा फागुन १८ गतेदेखि मदिरा सेवन पूर्णरूपमा निषेध (सूचनासहित)


52
Shares

काठमाडाैं । यहि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रौतहटमा मदिरा बिक्री–वितरण तथा सार्वजनिक स्थानमा मदिरा सेवन पूर्ण रूपमा निषेध गरिएको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटले निर्वाचनलाई स्वच्छ, निष्पक्ष तथा भयमुक्त वातावरणमा शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यसहित साेही आदेश जारी गरेको जनाउकाे हाे। सिडिओ दिनेश सागर भुसालले बुधबार एक सूचना जारी गर्दै यहि फागुन १८ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्म जिल्लाभरी सबै प्रकारका मदिराजन्य पदार्थको बिक्री–वितरण र सार्वजनिक स्थानमा सेवन निषेध गरिएको बताउनुभयाे ।

सूजारी चनामा निषेधाज्ञा उल्लङ्घन गरी मदिरा बिक्री, वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानून अनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ। साथै, सुरक्षा निकायमार्फत कडाइका साथ अनुगमन गरिने पनि प्रशासनले जनाएको हाे। निर्वाचनको समयमा सार्वजनिक शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न चालिएको यस कदममा होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज तथा आम सर्वसाधारणबाट पूर्ण सहयोगको अपेक्षा गरिएको जारी सूचनामा भनिएकाे छ।