Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


लालिगुँरास क्लब राष्ट्रिय लिग फुटबलकाे शीर्ष स्थानमा प्रवेश

काँक्रेबिहार क्लब भने ४-१ गोलको फराकिलो अन्तरले पराजित

182
Shares

काठमाडाैं । राष्ट्रिय लिग फुटबलमा लालिगुँरास एशोसिएसन क्लबले काँक्रेबिहार क्लबलाई पराजित गरेकाे छ ।

त्रिपुरेश्वरको रशरथ रङ्गशालामा बुधबार भएको खेलमा लालिगुँरासले काँक्रेबिहारलाई ४–१ गोलको फराकिलो अन्तरले पराजित गरेकाे हाे । यो जितसँगै लालिगुँरास ७ खेलमा ५ जित २ हारसहित १७ अंक जोड्दै शीर्ष स्थानमा प्रवेश गरेको छ । सामान खेलमा काँक्रेबिहार अंकविहीन हुँदै तालिकाको पुछारमा रहेकाे हाे ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । प्रतियोगिताका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका हुन् ।