Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


केपी र बालेनलाई चुनौती (भिडियाे रिपोर्ट)


715
Shares

काठमाडाैं ।
फागुन २१ गते मतदानको तिथि नजिकिन थालेपछि उम्मेदवारहरुको जिल्ला केन्द्रित आवतजावत पनि तीब्र भईरहेको छ । यस पटकको निर्वाचनमा सबैभन्दा बढी चासो झापा–५ मा छ । एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा वरिष्ठ नेता बालेन शाह चुनावी मैदानमा होमिएकाले सिंगो देशको ध्यान त्यतातिर केन्द्रीत छ ।

झापा–५ यस पटक पुराना र नयाँ उम्मेदवारहरुलाई निकै चुनौतीका रुपमा हेरिएको छ । पुराना उम्मेदवारलाई विरासत जोगाउने चुनौती रहेको छ भने नयाँलाई उनीहरुको विरासत तोड्ने चुनौती छ । यो क्षेत्रमा विगतदेखि नै एमाले अध्यक्ष केपी शर्मा ओलीले जित्दै आएका थिए । यसपटक भने ओलीका लागि अवस्था सहज छैन । जेनजी आन्दोलनपछि पुराना दलमाथि चुनौती थपिएका बेला ओली फेरि चुनावमा होमिएका छन् ।

जेनजी आन्दोलनका बेला ओली नेतृत्वको सरकारले अक्षमता प्रकट गरेको हुनाले अहिले पनि त्यसको विरोध भइरहेको छ । तर, ओली त्यसलाई स्विकार गर्न अझै तयार छैनन् । उनको यस्तो शैलीले उनलाई नै थप अलोप्रिय बनाईरहेको छ । ओली विगतकै श्रृंखला दोहो¥याउने दाउमा छन् तर, अहिलेको अवस्था निकै फरक छ ।

अर्कोतर्फ, जेनजी आन्दोलनलाई साथ दिइरहेका रास्वपा वरिष्ठ नेता बालेन शाह ओलीकै क्षेत्रमा पुगेर ओलीलाई ठाडो चुनौती दिईरहेका छन् । रास्वपाको परम्परागत संगठन नभए पनि जनलहर भने दिन प्रतिदिन बढ्दो छ । बलियो संगठन नभएकाले चुनावी प्रतिष्पर्धा बालेनका लागि कति सहज होला भन्ने पनि छ । बालेनले दिएको कडा चुनौतीकै कारण यस पटक ओली आफ्नो निर्वाचन क्षेत्रबाट बाहिर निस्कन सकेका छैनन । आफ्नै क्षेत्रमा सीमित भएका ओली पछिल्ला दिनहरुमा विपक्षी उम्मेदवारमाथि खनिन थालेका छन् ।