Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


नेपाल र हङकङबीच मैत्रीपूर्ण फुटबल चैत्र १२ गते


65
Shares

काठमाडौं ।

नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले अर्को महिना हङकङ राष्ट्रिय फुटबल टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज सामाजिक सञ्जालमार्फत दुई टिमबीच चैत्र १२ गते खेल हुने जानकारी गराएको हो । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

अन्तर्राष्ट्रिय मापदण्ड पूरा नभएको भन्दै दशरथ रंगशालामा पुरुषतर्फको औपचारिक अन्तर्राष्ट्रिय खेल नभएको वर्षौँ भइसकेको छ ।

घरेलु मैदानमा हुने यस खेलले नेपाली टोलीको अन्तर्राष्ट्रिय तयारीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।