Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


आईसीसी टी-२० विश्वकपमा आज न्युजिल्याण्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै

दुवै टोली खेल जित्नै पर्ने दबाबमा

650
Shares

काठमाडाैं । आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर-८ मा बुधबार न्युजिल्याण्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएकाे छ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा बुधबार बेलुका सवा ७ बजेदेखि न्युजिल्याण्डले घरेलु टोली श्रीलंकासँग प्रतिस्पर्धा गर्ने भएकाे हाे । सुपर-८ मा श्रीलंका र न्युजिल्याण्ड समूह ‘बी’ मा छ। दुवै टोलीलाई बुधबारको खेल जित्ने पर्ने दबाब छ। सुपर-८ को पहिलो खेल वर्षाका कारण रद्द भएपछि न्युजिल्याण्डले पाकिस्तानसँग अंक बाँढेको थियो।

पहिलो खेलमा श्रीलंका इंग्ल्याण्डसँग पराजित भएको थियो। याे खेल जित्न सके दुवै देशको सेमिफाइनल पुग्ने सम्भावना कायम रहने भएकाे छ । ‘सुपर–८’ का शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने भएका छन् । साथै १०औं संस्करणको टी–२० विश्वकपको फाइनल खेल आगामी मार्च ८ तारिखमा हुने भएकाे हाे ।